/ Vision / Mission
Vision / Mission
विशेष गरेर स्वास्थ्य जनचेतना मुलक कार्यक्रम तथा रोगिको रोग उपचार गर्नु यस संस्थाको प्रमुख कार्य हो । स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी तथा विशेषज्ञ चिकित्सकहरुबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा , क्षारसुत्र सेवा , प्याथोलोजी ल्याव सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्ध बर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि निःशुल्क संचालनरत छन् । यस कार्यालयमा हाल दुई जना चिकित्सक सहित जम्मा १३ जना कर्मचारी कार्यरत छन्।सिन्धुली जिल्लामा आयुर्वेद तथा बैकल्पिक चिकित्साका स्वास्थ्य सेवाहरु प्रवाह गर्ने, समुदाय स्तरमा जनस्वास्थ्य मुलक कार्यक्रमहरु मार्फत सर्वसाधारणमा स्वास्थ्य सम्बन्धि जनचेतना अभिबृद्धि गर्ने र स्वास्थ्य सेवामा आयुर्वेद तथा बैकल्पिक चिकित्सा पद्धतिको उच्चतम उपयोगमा प्रोत्साहित गरी यी बिधाको बिकास र विस्तारमा टेवा पुर्याउनुका साथै यस जिल्लामा संचालनरत आयुर्वेद तथा बैकल्पिक चिकित्साका निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरु एवं गतिविधिहरुको नियमन गर्नु नै यसका भिजन र मिसन हुन ।
