परिचय

नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो। मकवानी शासकहरूमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३० मा राजा थिए। यी राजा भगवान श्री रामका परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए। पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो।


सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाडौँसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो। यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरूङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ।


साविको  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हाल आयुर्वेद  तथा वैकल्पिक चिकित्सालय,सिन्धुली , बागमती प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय अन्तर्गत  संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो ।यो कार्यालय कमलामाई  नगरपालिका वडा नं ७, माझिटारमा  अवस्थित छ । यसको स्थापना काल बि.स २०५९ मा भएको हो ।

© 2025 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बागमती प्रदेश , सिन्धुली ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.