ताजा सूचना

परिचय

Slider Image

नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो। मकवानी शासकहरूमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३० मा राजा थिए। यी राजा भगवान श्री रामका परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए। पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो।


सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाडौँसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो। यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरूङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ।


साविको  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र हाल आयुर्वेद  तथा वैकल्पिक चिकित्सालय,सिन्धुली , बागमती प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय अन्तर्गत  संचालित आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने जिल्ला स्तरीय स्वास्थ्य संस्था हो ।यो कार्यालय कमलामाई  नगरपालिका वडा नं ७, माझिटारमा  अवस्थित छ । यसको स्थापना काल बि.स २०५९ मा भएको हो ।

भिजन / मिसन

विशेष गरेर स्वास्थ्य जनचेतना मुलक कार्यक्रम तथा रोगिको रोग उपचार गर्नु यस संस्थाको प्रमुख कार्य हो । स्वास्थ्य सेवा प्रवाह तर्फ हालका लागि अनुभवी तथा विशेषज्ञ चिकित्सकहरुबाट बिरामी परीक्षण, पञ्चकर्म/पुर्वकर्म सेवाहरु, फिजियोथेरापी सेवा, अकुपञ्चर सेवा , क्षारसुत्र सेवा ,  प्याथोलोजी ल्याव सेवा तथा नेपाल सरकारबाट तोकिएका २३ थरी आयुर्वेद औषधिहरु निःशुल्क बितरण सेवाहरु उपलब्ध छन् । यिनका साथै ज्येष्ठनागरिकको स्वास्थ्य प्रवर्धनका लागि र छ महिना भित्रका सुत्केरी आमाहरुलाई लक्षित गरी दुग्ध बर्धक औषधि बितरण गर्ने बिशेष सेवाहरु पनि निःशुल्क संचालनरत छन् । यस कार्यालयमा हाल दुई जना  चिकित्सक सहित जम्मा १३  जना कर्मचारी कार्यरत छन्। थप पढ्नुहोस्

बुलेटिन, बोलपत्र दस्तावेज

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन
शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

डाउनलोड, योजना तथा कार्यक्रम

शीर्षक डाउनलोड
कुनै डाटा फेला परेन

इमेज ग्यालरी

विद्यालय आयुर्वेद तथा योग शिक्षा
स्वस्थ जीवन प्रवर्धन कार्यक्रम, नेपाल प्रहरी
ट्राफिक नस्य कार्यक्रम
ट्राफिक नस्य कार्यक्रम

भिडियो ग्यालरी

जिल्ला स्थिति|कर्मचारिहरुलाइ |तनाव ब्यवस्थापन कार्यक्रम|सिन्धुलि
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका सेवाहरु
© 2024 Copyright : आयुर्वेद तथा वैकल्पिक चिकित्सालय , बागमती प्रदेश , सिन्धुली ,नेपाल
Developed By: CodeFusion Technologies Pvt. Ltd.